प्रमुख सूचना::
जनालिकोट वडा न. २
सूदूरपश्चिम प्रदेशको बिकट पहाडी जिल्ला अछाममा रहेका १० स्थानिय तह मध्ये बान्निगढी जयगढ गाउँपालिकामा वडा न. २ जनालिकोट पनी एक हो। जिल्लको केन्द्र भागमा रहेको यस वडाको जिल्लामै आफंनै खालको महत्व छ। जनालिकोट वडा अछामको प्रमुख ब्यापारिक केन्द्र साँफेवगर नगरपालिका नजिक र पुरानो ब्यापारिक केन्द्र ब्यालपटा तथा जयगढ़को केन्द्र भागमा रहेको छ | यस क्षेत्रका रिडीकोट, चण्डिका जस्तै उक्त वडाका भाग जोडिएको छन्| सामान्य क्षेत्रमा हूनूपर्ने सेवाहरू प्राय यहा ऊपलब्ध भयकै कारण नमूना वडाको सूचीमा सूचिकृत वडा पनि हो। जनालिकोट वडा भवन भएको स्थान समुन्द्री सतहदेखी १२१९ मिटरको उचाईमा छ।वडाको उत्तरी अक्षाँस २९.० ११' ०६.७'' देखी पूर्बी देशान्तर ८१.० १४' ५७.०'' सम्म रहेको छ। वडाको पूर्बमा तिमिल्सेन पश्चिममा चण्डिका उत्तरमा गजरा र दक्षिणमा मंगलसेनका केही भागहरु पर्दछन |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    