FAQs Complain Problems

गाउँपालिकाको स्वीकृत संगठन संरचना, दरबन्दी तेरिज र कार्यविवरण विवरण

बा.ज.गा.पा. को स्वीकृत सङ्गठनात्मा संरचना
बा.ज.गा.पा. को कृषि सेवा तर्फ स्वीकृत दरबन्दी तेरिज
बा.ज.गा.पा. को पशु सेवा तर्फ स्वीकृत दरबन्दी तेरिज
बा.ज.गा.पा. को स्वास्थ्य सेवा तर्फ स्वीकृत दरबन्दी तेरिज

गाउँपालिकाको परिचय :

नेपालको संबिधान अनुसार नेपाल संघीय प्रणालीमा प्रबेश गरे संगे बि.स. २०७३ साल फाल्गुन २७ गते अछाम जिल्लाका साबिकका ६ वटा गा.बि.स.हरु गाज्रा, जनालीकोट, बर्दादेवी, तिमिल्सैन, कालिका र दर्ना गा.बि.स.हरु समायोजित भई बान्नीगढी जयगढ गाउँपालिकाको स्थापना भएको हो | साविक बरदादेबी गा.बि.स को जयगढ गैरि बजारलाई केन्द्र मानि बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो सेवा प्रवाह गर्दै आएको छ|

ऐतिहासिक पृष्ठभूमी र नामाकरण:

२०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धि स्वरूप दोस्रो संबिधानसभाबाट जारी नेपालको संबिधानले नेपाललाई संधीय प्रणालीमा रुपान्तरण गरेसँगे स्थानीय सरकारका रुपमा यो गाउँपालिका स्थापित भएको हो | प्रसिद्ध  धार्मिक तिर्थस्थल बान्नीगढी देबी र यस  क्षेत्रको प्राचिन ऐतिहासिक  ब्यापारिक केन्द्र जयगढ बजारको नामबाट यस गाउँपालिकाको नाम बन्नीगढी जयगढ रहने गरी यस क्षेत्रको सिफारिस बमोजिम यस गाउँपालिकाको नाम बन्नीगगढी जयगढ गाउँपालिका रहन गएको हो |
सिमाना र क्षेत्रफल: 

अछाम जिल्लाको मध्य भागमा अवस्थित यो गाउँपालिकाको पूर्वमा रामारोशन गाउँपालिका, पश्चिममा साँफेबगर नगरपालिका, उत्तरमा मेल्लेख गाउँपालिका र दक्षिणमा मंगलसेन नगरपालिका रहेका छन् | यस गाउँपालिकाको क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको छ | यस गाउँपालिकाको कुल जनसख्या बि.स. २०७८ को जनगणना अनुसार १३,५१९ रहेको छ|
भौगोलीक स्वरूप:

उच्च पहाडी जिल्लामा अवस्थित गाउँपालिका भएतापनि यस गाउँपालिकाको भौगोलिक बिशिष्टता झल्काउछ | यो गाउँपालिकाको केन्द्र समुन्द्री सतह देखि १३६३ मिटरको उचाईमा रहेको छ |
दर्ना लघुजल बिद्युत सहकारी संस्था लि.:

अछाम जिल्लाको साँफेबगर बजार र जिल्ला सदरमुकाम मंगलसेन विचमा एउटा सानो जयगढ बजार छ । त्यहि जयगढ बजारबाट मंगलसेन तर्फ जाने क्रममा एउटा कच्ची सडक भेटिन्छ । जहाँ रामारोशन पर्यटकीय मार्ग भनेर सुचना समेत राखिएको छ । उक्त मार्गबाट करिब २२ किलोमिटर दुरीमा अवस्थित दर्ना लघुजलबिद्युत आयोजना कैलाश खोलाको सबैभन्दा ठुलो लघु जलविद्युत आयोजना भएतापनि हाल उक्त आयोजना बन्द अवस्थामा छ । साबिकको दर्ना गा.बि.स. हुदाँ वि.स. २०७० सालबाट संचालनमा आएको आयोजना वि.स. २०७७ साल भाद्र २ गते कैलाश खोलामा आएको विनाशकारी बाढीले उक्त आयोजनाको नहरमा ठुलो मात्रामा क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन । तत पश्चात दर्ना लघुजलविद्युत सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणको अछाम वितरण केन्द्र साँफेबगरसँग अस्थायी सम्झौता गरी विद्युत खरिद गरी नागरिकलाई वितरण गरिरहेको भएतापनि हाल आएर वडा नं ६ दर्नामा राष्ट्रिय प्रसारण लाईन विस्तार हुने क्रममा छ । ।
नेपाल सरकार तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र त्यस अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरु मार्फत लघु तथा साना जलविद्युत आयोजनाको निर्माण गरि ग्रामिण वस्तीहरुलाई अध्यारो मुक्त पार्ने काम हुदै आएको छ । यस्ता आयोजनाहरु समुदायको मागमा आधारित भई समुदायको सहभागितामा नै निर्माण सम्पन हुने तथा समुदायबाट नै सञ्चालन गरिएको थियो । प्रचलित सहकारी ऐन अन्तर्गत भनिएको प्रकृया पुरा गरी दर्ना लघु जलबिद्युत सहकारी सस्था लिमिटेडको स्थापना भएको थियो। ।
अछाम जिल्लामा अवस्थित दर्ना ल.ज.वि. सहकारी संस्थाद्धारा ब्यबस्थापन गरिएको उक्त आयोजनाको क्षमता ८३ किलोवाट रहेको थियो ।

 

//