FAQs Complain Problems

प्रमुख सूचना::

बर्दादेवी वडा न. ३

वडा अध्यक्ष

सूदूरपश्चमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलको पहाडी बिकट पहाडी जिल्ला अछाममा रहेका १० स्थानिय तह मध्ये बान्निगढी जयगढ गाउँपालिकामा वडा न. ३ बर्दादेवी पनी एक हो। जिल्लको केन्द्र भागमा रहेको यस वडाको जिल्लामै आफंनै खालको महत्व छ। यो वडा २९०  ११' ५३.३० उतरी अक्षांस र ८१० १६' ४२.८' पुर्बी देशान्तरमा फैलियको छ | पुर्बमा कालिका वडा, पश्चिममा गाजर र  जनालिकोट वडा उतरमा नन्देगडा र दक्षिणमा तिमिल्सेन वडा संग सिमाना जोडिएको छ | वडा कार्यालय रहेको ठाँउ समुन्द्री सतहदेखि १३६२ मिटरमा अवस्थित छ| समाजिक   रीतिरिवाज र चाड पर्बमा दशै, तिहार, चैतेदशै, विसुतिहार, घाँसे, रोटे आदि रहेका छन | यस वडामा पुरुषहरुले सर्ट, पाईन्ट, कोट, टोपी र महिलाहरुले गुन्यु, चोलो, सारि, कुर्ता सुरुवाल भेषभुषाका रुपमा लगाउने गर्दछन | यस वडाको अधिकाश भु‍-भागमा भिरालो जमिन रहेको पाइन्छ |

Population: 
५१८५
Ward Contact Number: 
9848514557