FAQs Complain Problems

प्रमुख सूचना::

संगठनात्मक स्वरुप

गाउँपालिकाको परिचय:

नेपालको संबिधान अनुसार नेपाल संघीय प्रणालीमा प्रबेश गरेसंगे बि.स. २०७३ साल फाल्गुन २७ गते अछाम जिल्लाका साबिकका ६ वटा गाबिसहरु गाज्रा, जनालीकोट, बर्दादेवी, तिमिल्सैन, कालिका र दर्ना गाबिसहरु समायोजित भई बान्नीगढी जयगढ गाउँपालिकाको स्थापना भएको हो | साविक बरदादेबी गा.बि.स को जयगढ गैरि बजारलाई केन्द्र मानि बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो सेवा प्रवाह गर्दै आएको छ|

ऐतिहासिक पृष्ठभूमी र नामाकरण:

२०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धि स्वरूप दोस्रो संबिधानसभाबाट जारी नेपालको संबिधानले नेपाललाई संधीय प्रणालीमा रुपान्तरण गरेसँगे स्थानीय सरकारका रुपमा यो गाउँपालिका स्थापित भएको हो | प्रसिद्ध  धार्मिक तिर्थस्थल बान्नीगढी देबी र यस  क्षेत्रको प्राचिन ऐतिहासिक  ब्यापारिक केन्द्र जयगढ बजारको नामबाट यस गाउँपालिकाको नाम बन्नीगढी जयगढ रहने गरी यस क्षेत्रको सिफारिस बमोजिम यस गाउँपालिकाको नाम बन्नीगगढी जयगढ गाउँपालिका रहन गएको हो |

सिमाना र क्षेत्रफल 

अछाम जिल्लाको  मध्य भागमा अवस्थित यो गाउँपालिकाको पूर्वमा रामारोशन गाउँपलिका, पश्चिममा साँफेबगर नगरपालिका, उत्तरमा मेल्लेख गाउँपालिका र दक्षिणमा मंगलसेन नगरपालिका रहेका छन् | यस गाउँपालिकाको क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको छ | यस गाउँपालिकाको कुल जनसख्या बि.स. २०७८ को जनगणना अनुसार १३,५१९ रहेको छ|

भौगोलीक स्वरूप:

उच्च पहाडी जिल्लामा अवस्थित गाउँपालिका भएतापनि यस गाउँपालिकाको भौगोलिक बिशिष्टता झल्काउछ | यो गाउँपालिकाको केन्द्र समुन्द्री सतह देखि १३६३ मिटरको उचाईमा रहेको छ |

दर्ना लघु जलबिद्युत सहकारी संस्था लि.

अछाम जिल्लाको साँफेबगर बजार र जिल्ला सदरमुकाम मंगलसेन विचमा एउटा सानो जयगढ बजार छ । त्यहि जयगढ बजारबाट मंगलसेन तर्फ जाने क्रममा एउटा कच्ची सडक भेटिन्छ । जहाँ रामारोशन पर्यटकीय मार्ग भनेर सुचना समेत राखिएको छ । उक्त मार्गबाट करिब २२ किलोमिटर दुरीमा अवस्थित दर्ना लघुजलबिद्युत आयोजना कैलाश खोलाको सबैभन्दा ठुलो लघु जलविद्युत आयोजना भएतापनि हाल उक्त आयोजना बन्द अवस्थामा छ । साबिकको दर्ना गा.बि.स. हुदाँ वि.स. २०७० सालबाट संचालनमा आएको आयोजना वि.स. २०७७ साल भाद्र २ गते कैलाश खोलामा आएको विनाशकारी बाढीले उक्त आयोजनाको नहरमा ठुलो मात्रामा क्षति पुर्याएपछि पुनः निर्माण हुन सकेको छैन । तत पश्चात दर्ना लघुजलविद्युत सहकारी संस्थाले नेपाल विद्युत प्राधिकरणको अछाम वितरण केन्द्र साँफेबगरसँग अस्थायी सम्झौता गरी विद्युत खरिद गरी नागरिकलाई वितरण गरिरहेको भएतापनि हाल आएर वडा नं ६ दर्नामा राष्ट्रिय प्रसारण लाईन विस्तार हुने क्रममा छ । ।
नेपाल सरकार तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र त्यस अन्तर्गत सञ्चालन भएका कार्यक्रमहरु मार्फत लघु तथा साना जलविद्युत आयोजनाको निर्माण गरि ग्रामिण वस्तीहरुलाई अध्यारो मुक्त पार्ने काम हुदै आएको छ । यस्ता आयोजनाहरु समुदायको मागमा आधारित भई समुदायको सहभागितामा नै निर्माण सम्पन हुने तथा समुदायबाट नै सञ्चालन गरिएको थियो । प्रचलित सहकारी ऐन अन्तर्गत भनिएको प्रकृया पुरा गरी दर्ना लघु जलबिद्युत सहकारी सस्था लिमिटेडको स्थापना भएको थियो। ।

अछाम जिल्लामा अवस्थित दर्ना ल.ज.वि. सहकारी संस्थाद्धारा ब्यबस्थापन गरिएको उक्त आयोजनाको क्षमता ८३ किलोवाट रहेको थियो ।

 

 

 

 

 

 

//